रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ « Khabarhub

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य गर्न आग्रह गरेका छन् ।  

आफन्तको खोजीमा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा ठूलो संख्यामा बेपत्ताका आफन्तहरू पुग्ने गरेका छन् । सेनाले उद्धार गरेर सैन्य तालिम केन्द्र ल्याउने भएकाले उनीहरू सोही स्थानमा पुगेर आफ्ना आफन्तका बारे जानकारी गराउने गरेका छन् । 

बेपत्ता आफन्त भेटिने आसमा पुगेकाहरूले बाढी प्रभावित रसुवाका माथिल्लो भेगमा उद्धारको प्रतीक्षामा रहेको हुन सक्ने भएकाले सबै स्थानमा छिटो खोजी कार्य गर्न आग्रह गरेका छन् ।

नेपाली नागरिक मात्रै नभई बेपत्ता भएका विदेशी नागरिकहरू पनि फोटो सहित आफन्तको खोजीमा त्रिशूली सैन्य तालिम केन्द्र पुगेका छन् । 

विपद् प्राधिकरणका अनुसार बाढीका कारण ५ सय भन्दा बढी विदेशी नागरिकसहित करिब चार हजार व्यक्ति सम्पर्कविहीन रहेका छन् । 

हालसम्म २ सय ७३ जना विदेशी सहित ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ०८ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल