बाढी पसेको हाइड्रोका सुरूङमा खोजी तीव्र, ९ हजारभन्दा बढी सैनिक खटाइयो « Khabarhub

बाढी पसेको हाइड्रोका सुरूङमा खोजी तीव्र, ९ हजारभन्दा बढी सैनिक खटाइयो


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। रसुवागढी हाइड्रोको टनेलमा उद्धार टोली करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टानका कारण थप अघि बढ्न सकेको छैन।

त्रिशूली–३ ‘ए’ आयोजनामा संयुक्त ९३ सदस्यीय टोलीले माटो तथा ढुंगा हटाउँदै टनेलको आउटलेट फेला पारेको छ। वर्षाका कारण जमेको करिब डेढ मिटर पानी पम्पबाट निकाल्ने काम भइरहेको छ।

लाङटाङ, चिलिमे र अपर त्रिशूली–१ हाइड्रोमा पनि खोजी जारी छ। त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यालय तथा आवास क्षेत्रसम्म पुग्न एक्स्काभेटरबाट बाटो निर्माण भइरहेको छ।

यसैबीच, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार २ सयभन्दा बढी नेपाली सेना परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : १५ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल