सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला « Khabarhub

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार सम्भव नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारका लागि अनुकूल अवस्था पर्खनुपर्ने बताए।

उनका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका सुरुङ पहिरोका कारण नभई बाढीसँगै आएको लेदोले भरिएका हुन्। यस्तो प्रकृतिको घटना विश्वमै नयाँ भएकाले तत्काल उद्धार गर्न सक्ने प्रविधि नेपालसँग नरहेको उनको भनाइ छ।

‘हामीसँग ती बाढी पसेर थुनिएका सुरुङबाट तत्कालै उद्धार गर्न सक्ने प्रविधि छैन,’ प्रधानमन्त्री शाहले भने, ‘जतिबेला मौसमले साथ दिन्छ र सुरुङमा पसेको हिलो सुक्ने अवस्था बन्छ, त्यहाँ पस्न र अडिन सक्ने अवस्था हुन्छ, त्यसबेला मात्रै उद्धार सम्भव हुन्छ।’

उनले यसअघि विश्वका विभिन्न स्थानमा भएका सुरुङ तथा पहिरो उद्धारका घटनासँग अहिलेको अवस्था तुलना गर्न नमिल्ने बताए। उनका अनुसार अन्य देशमा भएका अधिकांश उद्धार पहिरोमा परेकाहरूको उद्धारसँग सम्बन्धित थिए।

प्रधानमन्त्री शाहले सुरुङको मुखमा ठूलो संख्यामा डोजर तथा अन्य उपकरण परिचालन गर्नसमेत भौगोलिक अवस्थाका कारण सम्भव नरहेको बताए। ‘बाढीले थुनिएका ती सुरुङको मुखमा ८/१० वटा डोजर उतार्ने अवस्था छैन। त्यहाँको भूगोलले पनि त्यो सम्भव छैन,’ उनले भने।

उद्धारका लागि नेपालसँगै चीन र भारतका विज्ञहरू समेत परिचालन गरिएको उनले जानकारी दिए। घरमा बसेर वा घटनास्थलको बाहिरी अवस्था हेरेर उद्धार किन भएन भन्ने प्रश्न उठे पनि सुरुङभित्रको वास्तविक अवस्था फरक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले उद्धारमा खटिएका सुरक्षा निकायप्रति विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका आलोचनाबाट सरकार विचलित नभएको बताए।

‘हामीले गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालाई यो भएन, त्यो भएन नभन्नुहोस्, उनीहरूलाई प्रोत्साहन गर्नुहोस्।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ५२ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते