बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली « Khabarhub

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले बिपद्को समयमा राष्ट्रिय एकता कायम गरेर बेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । 

उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे । विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन हुनुपर्ने उनले माग गरे  ।

साथै उनले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए ।

प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्य योजना आउनुपर्ने उनले बताए ।

हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उनले विश्व समुदायलाई आग्रह गरे । 

कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने उनले बताए । 

उनले नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : १९ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल