भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो « Khabarhub

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो ।

भारतीय प्रहरीले मङ्गलबार साँझ पाँच र आज अपराह्न चार शव नेपाल ल्याएको हो । नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन् । बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन् । उक्त स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको उनले बताए ।

बुधबार ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवक छन् ।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखी पञ्चनामा तथा गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो । शवबाट डीएनएसहितका प्रमाण सुरक्षित राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ९ : १६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४