क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी « Khabarhub

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग क्यालिनिनग्राडमाथि प्रत्यक्ष हमला भए रूसले आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्।

पुटिनले रूसले कसैलाई धम्की नदिएको दाबी गर्दै पश्चिमी नेताहरूले रूस सन् २०२९ वा २०३० सम्ममा युद्धका लागि तयार हुन सक्ने भन्दै दिएका अभिव्यक्तिको जवाफ दिएको बताएका छन्।

रूसले पछिल्लो एक सातादेखि नेटोलाई क्यालिनिनग्राडको नाकाबन्दीको तयारी गरिरहेको आरोप लगाउँदै आएको छ। पोल्यान्ड र लिथुआनियाबीच रहेको क्यालिनिनग्राड रूसको मुख्य भूभागबाट छुट्टिएको क्षेत्र हो।

पश्चिमी मुलुकहरूले क्यालिनिनग्राडलाई रूसको बाँकी भूभागबाट अलग पार्ने प्रयास गरेमा रूसले परमाणु हतियारसमेत प्रयोग गर्न सक्ने चेतावनी दिँदै आएको छ।

नेटोले भने पुटिनको चेतावनीपछि तनाव कम गर्ने प्रयास गरेको छ। नेटोले आफू रक्षात्मक गठबन्धन भएको बताउँदै रूसलाई परमाणु हतियार प्रयोग गर्ने धम्की नदिन आग्रह गरेको छ।

पछिल्ला महिनामा पोल्यान्ड तथा बाल्टिक क्षेत्रमा रूससँग जोडिएका भनिएका ‘हाइब्रिड युद्ध’का गतिविधि बढेका छन्। गत साता पोल्यान्डले क्यालिनिनग्राडबाट आएको रुसी हेलिकप्टर आफ्नो क्षेत्रमा प्रवेश गरेको दाबी गरेको थियो।

त्यस्तै, लिथुआनियाले रूसका कारण आफूहरूले निरन्तर खतरा महसुस गरिरहेको बताएको छ। रुसी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको घटनालाई पनि लिथुआनियाले सुरक्षा चुनौतीका रूपमा उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ५० बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,