मतदाता सूची विवादमा कक्रोच आन्दोलन « Khabarhub

मतदाता सूची विवादमा कक्रोच आन्दोलन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । 

आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ ।

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिएका थिए । यसैबीच, विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने भएका छन् ।

मतदाता सूचीको ‘विशेष गहन संशोधन’ लाई लिएर निर्वाचन आयोगमाथि दबाब बढेको छ । आलोचक तथा विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा परिवर्तन गरिएको आरोप लगाएका छन् । निर्वाचन आयोग र सरकारले भने कुनै गलत काम नभएको बताएका छन् ।

गत महिना ‘इन्डियन एक्सप्रेस’ ले तीन सदस्यीय निर्वाचन आयोगका दुई आयुक्तले मतदाता सूची संशोधन, दर्ता प्रक्रिया र डिजिटल प्रणालीसम्बन्धी केही निर्णयमा आपत्ति जनाएको उल्लेख गरेको थियो । आयोगले भने त्यसलाई औपचारिक लिखित आपत्ति नभई आयुक्तहरूबीचको ‘भिन्न विचार र छलफल’ का रूपमा व्याख्या गरेको थियो ।

बिहारबाट सुरु भएको मतदाता सूची संशोधन अधिकांश राज्य तथा सङ्घीय प्रशासित क्षेत्रमा विस्तार भएको छ । आलोचकहरूले आवश्यक कागजात जुटाउन कठिन भएकाले लाखौँ योग्य मतदाता सूचीबाट छुट्न सक्ने बताएका छन् । निर्वाचन आयोगले भने दोहोरो तथा अयोग्य नाम हटाई योग्य मतदातालाई सूचीमा कायम राख्नु संशोधनको उद्देश्य रहेको बताएको छ ।

अभिजीत डिप्केको नेतृत्वमा प्रश्नपत्र चुहावटविरुद्धको आन्दोलनबाट राष्ट्रियस्तरमा चर्चामा आएको कक्रोच आन्दोलनले अहिले शिक्षा क्षेत्रभन्दा बाहिर निर्वाचन प्रक्रिया र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत अभियानमा समेटेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ०७ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि