जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो « Khabarhub

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो । सरकारी तथ्यांकअनुसार पाँच महिनापछि पहिलोपटक बेरोजगारी दर बढेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका मानिसको संख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर ६ करोड ८३ लाख ४० हजार पुगेको छ ।

रोजगारी गुमाएका वा छोडेका मानिसमध्ये ८ लाख १० हजारले स्वेच्छाले जागिर छोडेका थिए । राम्रो कामको अवस्था खोज्ने उद्देश्यले जागिर छोड्नेको संख्या जुलाईको तुलनामा ८ प्रतिशतले बढेको हो । त्यस्तै, ४ लाख मानिसलाई रोजगारदाताले कामबाट हटाएका थिए । यस्तो संख्या अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । अगस्टमा नयाँ रोजगारी खोज्ने मानिसको संख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्यांकअनुसार अगस्टमा प्रत्येक १०० जना रोजगारी खोज्ने मानिसका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए । यो अनुपात जुलाईकै स्तरमा कायम रहेको छ । क्षेत्रगत रूपमा हेर्दा ११ मध्ये ८ क्षेत्रमा रोजगारीका अवसर अघिल्लो वर्षको तुलनामा घटेका छन् ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रमा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेका छन् भने थोक तथा खुद्रा व्यापार क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको छ । तर केही क्षेत्रमा रोजगारीका अवसर बढेका छन् । उत्पादन क्षेत्रमा ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशत वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : ०४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का