दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना « Khabarhub

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा शुक्रबार नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौँको गँगबुस्थित नयाँ बसपार्कमा पहिलो चरणको यात्रु सहायता कक्ष शुभारम्भ गरिएको जानकारी दिए । 

उनले विजया दशमी, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको बताए ।

काठमाडौँ उपत्यकाभित्र १५ ठाउँमा र देशका अन्य प्रदेश तथा जिल्लाहरूमा पनि यस्ता सहायता कक्षहरू सञ्चालन गरिने उनको भनाइ छ ।  

उनले चाडपर्वमा घर फर्कने यात्रुहरूले यात्रा सम्बन्धी आवश्यक जानकारी लिन, आफ्ना गुनासोहरू राख्न र सहज यात्राको वातावरण बनाउन सहायता कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ७ : १४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको