काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैदको फैसला गरेको हो।
यस्तै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला भएको छ। सोही रकम बराबरको सम्पत्ति गैरकानुनी ठहर गर्दै विशेष अदालतले उक्त सम्पत्ति जफत गर्ने पनि फैसला गरेको छ।














प्रतिक्रिया