कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता « Khabarhub

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय सार्वजनिक गरिएको छ । काठमाडौंको खुल्ला मञ्चमा आइतबारदेखि सुरु हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई उमेदवारी दर्ताका लागि समय तोकिएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको छ । केन्द्रीय कार्यसमितिका लागि प्रतिनिधिहरूलाई राष्ट्रियसभा गृहमा मनोनयन पत्र दर्ता गर्ने कांग्रेसले भनेको छ । केन्द्रीय कार्यसमितिका विभिन्न पदमा मनोनयन दर्ता गर्ने प्रतिनिधिहरूलाई समयसीमा निर्धारण गरिएको हो ।

नेपाली कांग्रेसको असोज १८ गतेदेखि काठमाडौँमा १५औँ महाधिवेशन हुँदै छ । केन्द्रीय महाधिवशेनका लागि अन्तिम तयारीमा कांग्रेस रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ४२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको