भारतीय क्याप्टेन मच्छरलाई नेतान्याहु दिए इजरायल भ्रमणको निम्ता « Khabarhub

भारतीय क्याप्टेन मच्छरलाई नेतान्याहु दिए इजरायल भ्रमणको निम्ता


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा भएको गम्भीर आक्रमणका बाबजुद साहसपूर्वक विमान र यात्रुको ज्यान जोगाउन सफल तेल अभिभतर्फ गइरहेको फ्लाईदुबई उडानका भारतीय क्याप्टेन स्मित मच्छरलाई इजरायल भ्रमणको निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री नेतान्याहुले अक्टोबर ३ मा अस्पतालमा उपचाररत क्याप्टेन मच्छरसँग फोनमा कुराकानी गर्दै उनलाई ‘इजरायल, भारत र सम्पूर्ण विश्वकै वास्तविक नायक’ को संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री नेतान्याहुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्याप्टेन मच्छरलाई आगामी मे महिनामा आयोजना हुने इजरायलको राष्ट्रिय स्वतन्त्रता दिवसको समारोहमा विशेष अतिथिको रूपमा दीप प्रज्वलनका लागि आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका छन् । इजरायलमा यो मुख्य भूमिका सामान्यतया त्यहाँका नागरिकहरूलाई मात्र दिने गरिन्छ, जसका कारण यो निर्णयलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूका अनुसार उक्त विमानका सह-पाइलटले बञ्चरो प्रहार गरी क्याप्टेन मच्छरमाथि आक्रमण गरेर “आतंकवादी कृत्य” गर्ने योजना बनाएका थिए। घाइते क्याप्टेन मच्छेदले घटनाको विवरण दिँदै दैनिक प्रार्थनाका क्रममा ढोग्ने समय मागेका सह-पाइलटले पछाडिबाट अचानक टाउकोमा घातक प्रहार गरेको बताए। सुरुमा विमानमा कुनै ठूलो प्राविधिक खराबी आएको ठानेका मच्छेदले लगातार प्रहार हुन थालेपछि आफ्नै सह-पाइलटले आक्रमण गरिरहेको महसुस गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका भए पनि क्याप्टेन मच्छरले आफ्नो अन्तिम शक्ति लगाएर ककपिटको ढोका खोल्न सफल भएका थिए। ढोकाबाहिर मद्दतका लागि पर्खिरहेका मानिसहरूसम्म पुग्न सकेकाले आफ्नो र विमानका अन्य यात्रुहरूको ज्यान जोगिन सकेको उनले बताएका छन्।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : ११ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य