एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै « Khabarhub

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुने तालिका छ। आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

पहिलो खेलमा काठमाडौँ जिनबिहीन छ । दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ ।

उता कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रने तयारीमा छ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमा मात्र जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ ।

त्यस्तै चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ५ : ५१ बजे

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण