आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर) « Khabarhub

आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर)


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गोरखा– गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाएपछि नेपाली सेनाले उक्त स्थानमा बेलिब्रिज निर्माण गरेको छ ।

नेपाली सेनाले असोज १७ गतेदेखि निर्माण सुरु गरी २७.४३ मिटर लामो बेलिब्रिज दुई दिनमै जडान गरेको हो । असोज १९ गते पुल गोरखा सडक योजनालाई हस्तान्तरण गरिएपछि आवागमन सहज भएको छ।

बाढीले चुमनुब्री र धार्चे क्षेत्रका बस्ती, सडक, झोलुङ्गे पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको थियो। बाढीपछि प्रभावित परिवारको उद्धार, राहत वितरण र क्षतिको विवरण संकलन गरिएको थियो ।

यस विपद्ले उत्तरी गोरखाका दुर्गम बस्तीमा सडक तथा पुलको महत्त्व पुनः उजागर गरेको छ । प्रभावित बस्तीको पुनःस्थापना, सुरक्षित आवासको व्यवस्था र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अबको प्रमुख चुनौती बनेको छ।

बाढीले घर, पसल, गोदाम तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुलसमेत बगाएको थियो ।

बाढीले आरुघाट गाउँपालिकाको शान्तिबजार, धार्चे गाउँपालिका–५ को माछिखोला बजार तथा नदी किनारका अन्य बस्ती प्रभावित भए । माछिखोला क्षेत्रमा पसल तथा गोदाममा ठूलो क्षति भयो भने केरौँजा जाने झोलुङ्गे पुल पनि बगायो । सल्लेरी र जगत बजारमा समेत बाढीले क्षति गरेको छ ।

आरुघाट गाउँपालिका–५ को शान्तिबजारमा बूढीगण्डकी नदीले धार परिवर्तन गर्दै बस्तीमा पसेपछि स्थानीयका घरमा ठूलो क्षति भएको छ। बाढीले घरभित्र रहेका सामान तथा पशुचौपायासमेत बगाएको थियो । प्रभावित परिवार अहिले पनि अस्थायी टेन्टमा बस्न बाध्य छन्।

बाढीबाट घर तथा व्यवसाय गुमाएका परिवारको पुनःस्थापना, राहत वितरण र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण प्रभावित क्षेत्रका प्रमुख आवश्यकता बनेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ११ : १२ बजे

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती

दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी

विश्वकै सबैभन्दा लामो विषालु सर्प राजगोमन मकवानपुरको भोर्लेबाट उद्धार

बागमती– हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँचजना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच