चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी « Khabarhub

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको ट्रम्पको आरोप, आफूहरू अझ सक्षम रहेको दाबी


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको आरोप लगाउँदै आफूहरूले पनि ती देशको निगरानी गरिरहेको र त्यसमा अझ सक्षम रहेको दाबी गरेका छन् ।

आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले चीन र रुसको गुप्तचर गतिविधिबारे टिप्पणी गरेका हुन् ।

‘उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं,’ उनले भने ।

अमेरिकी सैन्य कर्मचारी र सैन्य प्रतिष्ठानलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि सञ्चालन गरेको आरोपमा अनुसन्धान भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई चिनियाँ सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको अभियोगमा गत अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको थियो ।

उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने प्रयास गर्नुका साथै संवेदनशील सूचना उपलब्ध गराउने व्यक्तिलाई गोप्य रकम दिने व्यवस्था मिलाएको अभियोग लागेको थियो ।

अदालतका कागजातअनुसार उनीहरूले सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा ‘डेड ड्रप’ विधिबाट करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था गरेका थिए ।

त्यसक्रममा अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरिएको थियो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले दुवैलाई सन् २०२५ जुन २७ मा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  २ : ५६ बजे

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झैँ बनाए

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  फेरि सैन्य आक्रमण हुन सक्ने

दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी

सियोल– दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर

आरोप निराधार रहेको गगन सचिवालयको दाबी, सरकारले भ्रम फैलायो

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक