प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ « Khabarhub

प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको छ । 

सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रतिपक्षी दलहरुको बैठकले छिटो भन्दा छिटो संसद आह्वान गर्न सभामुखसंंग आग्रह गर्ने निर्णय गरेको हो । 

हालै बिचौलियाहरूसँग जोडिएका बिषयका साथै न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरूहरुलाई सतहमा छलफल हुनुभन्दा संसदबाट नै निरुपण गर्नुपर्ने भएकाले संसद आह्वानका लागि आग्रह गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए  । 

संसद्लाई छलेर अध्यादेशबाट मात्रै सबै कार्यहरू अगाडि बढाइएमा संसद्को गरिमा र अपरिहार्यतामाथि आँच आउने हुनाले संसद्लाई छिटो बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए ।

त्यस्तै बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्ष दलका नेताहरूबीच बैठक बसी साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय भएको आङदेम्बेले बताए ।

उनले महाअभियोगबारे रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यस बिषयलाई उठान गरेमा बिपक्षी दलले आवश्यक धारणा बनाउने उल्लेख गरे । 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : ४७ बजे

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ – काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ

बालिकामाथि जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ

मकवानपुर– १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका २६

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको

काठमाडौँका रसिद खानले बनाए अर्धशतक

काठमाडौँ – कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाएका