स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा « Khabarhub

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। संघीय संसद, प्रतिनिधि सभाका सभामुखको औपचारिक निमन्त्रणामा नेपाल आएका उनी कतार एयरको क्यूआर ६४८ नम्बरको उडानमार्फत काठमाडौँ अवतरण गरेका हुन् ।

नेपाल भ्रमणको पहिलो दिन नै प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सभामुख देवप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गरेको छ। उक्त भेटका क्रममा नेपालले बेहोरेको पछिल्लो प्राकृतिक विपद्पछिको पुनर्निर्माण, दुई देशबीचको पारस्परिक सम्बन्ध तथा संसदीय हितका विविध विषयमा महत्वपूर्ण छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ।

शिष्टाचार भेटघाटपश्चात् पाटन संग्रहालयमा आयोजित फोटो प्रदर्शनी सभामुख र स्विस् नेशनल काउन्सिलका राष्ट्रपतिले संयुक्त रूपमा उद्घाट गरेका छन् ।

भ्रमण तालिका अनुसार प्रतिनिधिमण्डलले कात्तिक २० गते नेपाल-स्विट्जरल्याण्ड संसदीय मैत्री समूहकासदस्य र संघीय संसदका दुवै सदनका पाँचवटा समितिका सभापतिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सोही दिन सभामुखले स्विस् प्रतिनिधिमण्डलको स्वागतार्थ दिवाभोजको समेत आयोजना गरेका छन्।

नेपाल बसाइको क्रममा प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकास्थित धार्मिक तथा ऐतिहासिक सम्पदास्थल बौद्धनाथ क्षेत्र र पाटन दरबार क्षेत्रको अवलोकन गर्नेछ। त्यसैगरी, हालै त्रिशूली (भोटेकोशी) नदीमा आएको विनाशकारी बाढीपहिराबाट प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका क्षेत्रको अवलोकन गर्नुका साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ८ : ०६ बजे

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका

सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय