काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गरे । उनले २१ बलमा ६ चौका र २ छक्कासहित ४३ रन बनाए । त्यस्तै, इशान पाण्डेले २९ बलमा २५ रनको योगदान दिए ।














प्रतिक्रिया