प्रभास–त्रिप्ती जोडीको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक सार्वजनिक « Khabarhub

प्रभास–त्रिप्ती जोडीको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक सार्वजनिक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड निर्देशक संदीप रेड्डी वाङ्गा र अभिनेता प्रभासको पहिलो सहकार्यमा बनेको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक फ्यानहरूका लागि नयाँ वर्षको उपहारका रुपमा सार्वजनिक गरिएको छ। 

बाहुबली अभिनेता प्रभास र वाङ्गा दुवै उच्च-प्रभावशाली, दमदार सिनेमाका लागि परिचित भएकाले फिल्म घोषणा हुनेबित्तिकै नै दर्शक र मिडियाको ध्यानाकर्षणमा रहँदै आएको थियो ।

फिल्मको कास्टिङले पनि चर्चा बटुलेको छ। प्रारम्भमा अभिनेत्री दीपिका पादुकोणलाई फिल्ममा जोडिनुपर्ने थियो, तर काम गर्ने समय सम्बन्धी असमति भएपछि उनी बाहिरिएकी थिइन् । त्यसपछि त्रिप्ती डिम्रीलाई कास्ट गरिएको छ । यो त्रिप्तीको प्रभाससँग पहिलो सहकार्य हो भने, निर्देशक वाङ्गासँग उनको एनिमल पछि दोस्रो सहकार्य पनि हो ।

फिल्ममा प्रभास र त्रिप्ती डिम्रीसँगै विवेक ओबेरॉय र कन्चना लगायतका कलाकारहरू पनि मुख्य भूमिकामा छन् । टी–सीरीजको ब्यानरमा निर्माण भइरहेको यो फिल्म वाङ्गाको भव्य कथावस्तु र प्रभासको प्यान–इन्डिया स्टारडम अनुरूप उत्कृष्ट शैलीमा बनिरहेको छ ।

पहिलो लुक सार्वजनिक भएपछि फिल्मको प्रचार गति बलियो भएको छ। स्पिरिट २०२६ को सबैभन्दा प्रतिक्षित फिल्ममध्ये एक बन्ने तयारीमा छ, जसले यस वर्षको सिनेमाई सुरुवात उच्च-उत्साहपूर्ण र धमाकेदार हुने संकेत दिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : २७ बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक