विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर « Khabarhub

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन किङ जोसेफले यौन दुर्व्यवहार, अनुचित बर्खास्तगी र प्रतिशोधको आरोप लगाउँदै  मुद्दा दायर गरेका छन् । 

यो मुद्दा लस एन्जलस सुपीरियर कोर्टमा दायर गरिएको हो र यसमा स्मिथसँगै उनको कम्पनी ट्रेबल स्टुडियो व्यवस्थापन, इंक पनि प्रतिवादीका रूपमा नामाङ्कित छन् ।

जोसेफले मुद्दामा आरोप लगाएका छन् कि स्मिथले पेशागत  सम्बन्धलाइ  व्यक्तिगत सम्बन्धको संकेत दिने कुरा गरेको आरोप लगाएका छन्। मार्च २०२५ मा, जोसेफ आफ्नो टुरका टोलीद्वारा बुक गरिएको होटल कोठामा फर्केका थिए । 

त्यही रात, ब्रायन किङ जोसेफ भन्छन् कि उनी आफ्नो होटल कोठामा फर्के र त्यहाँ कसैले उनको अनुमति बिना प्रवेश गरेको संकेतहरू पाए ।  

उनले दाबी गरे कि कोठामा केही वस्तुहरू अनधिकृत रूपमा छोडिएको थियो, जसमा वाइप्स, अर्को व्यक्तिको नाम भएको एचआईभी औषधिको बोतल, र एउटा हस्तलिखित नोट (भविष्यको भेटको संकेत गर्दै) रहेका थिए। जोसेफले यी वस्तुहरूलाई धम्कीपूर्ण र यौन रूपमा सन्देश दिने घटनाको रूपमा लिएका छन्।

यो घटनाबारे रिपोर्ट गरेपछि, जोसेफ भन्छन् कि होटल गार्ड, स्थानीय प्रहरी, र टुर व्यवस्थापनलाई जानकारी दिएर पनि उनलाई कुनै सत्यता नभएको भन्दै आरोप लगाएर टुरबाट बर्खास्त गरिएको दाबी गरेका छन् ।

जोसेफका अनुसार, टुरबाट बर्खास्तगी उनको कामको प्रदर्शनको कारण नभई प्रतिशोध स्वरूप गरिएको थियो । यस घटनाले उनलाई मानसिक तनाव, प्रतिष्ठामा क्षति, आम्दानीमा ह्रास लगायत विभिन्न हानि पुर्‍याएको दाबी गर्दै जोसेफले क्षतिपूर्ति माग गरेका छन् ।

अहिलेसम्म, र्‍यापर विल स्मिथको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : ५१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५