यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू « Khabarhub

यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य सम्पन्न भएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारको बैठकपछि बैठकका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठक निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘१५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा ‘विधान बमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ ।’

मंसिर १५ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढेको भन्दै त्यसपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : १८ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि