असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण « Khabarhub

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५ जना असहाय ज्येष्ठ नागरिक तथा एकल महिलालाई फाइबर सिरक वितरण गरेको छ ।

स्नेह वृद्धाश्रम लहानको सहजीकरणमा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले सिरक वितरण गरे । नगरप्रमुख चौधरीले भने, “चिसोका कारण कुनै पनि ज्येष्ठ नागरिक कष्टमा नपरुन् भन्ने उद्देश्यले नगरपालिकाले सिरक वितरणलाई निरन्तरता दिँदै आएको छ । असहाय र विपन्न वर्गको संरक्षण हाम्रो प्राथमिकता हो ।”

उनका अनुसार यसअघि पनि दलित बस्ती तथा विपन्न समुदायमा सयौँ थान फाइबर सिरक वितरण गरिसकिएको छ ।

वितरण कार्यक्रममा स्नेह वृद्धाआश्रमकी अध्यक्ष रीता महतो, सचिव अशोक महतोलगायतको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष महतोले लहान नगरपालिकाका २४ वटै वडाबाट छनोट गरिएका असहाय ज्येष्ठ नागरिकको पहिचान गरी सिरक वितरणका लागि सहजीकरण गरिएको जानकारी दिए । साथै उहाँले केही महिनाभित्रै लहान–१० मा वृद्धाश्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ०६ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको