कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा « Khabarhub

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

आयोजना सञ्चालनपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन प्राधिकरण सफल भएको भन्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्तालाई गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरूले सबै भन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि बताए ।

यो प्रसारण लाइन सञ्चालनमा आएसँगै अब विगतमा ३३ केभी प्रसारण लाइनबाट सम्पूर्ण कर्णाली प्रदेशमा विद्युत आपूर्ति भइ ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुनेमा अपेक्षा प्राधिकरणले गरेको छ ।

यस क्षेत्रमा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान गर्ने प्राधिकरणको भनाई छ ।

शाक्यले यो आयोजना र कर्णालीप्रतिको लगाव २०६७ सालमा कर्णाली आएदेखिकै भएको भन्दै कर्णालीमा आयोजनाकै क्रममा दर्जनौँ पटक आएको स्मरण गरे । उनले कर्णालीसँग पुरानो भावनात्मक सम्बन्ध रहेको भन्दै पहिलो पटक कर्णालीवासीका लागि १३२ केभी प्रसारण लाइन सञ्चालन ल्याउने अवसर प्राप्त हुँदा उत्साहित भएको उल्लेख गरे ।

शाक्यले सुर्खेतको स्वचालित सबस्टेशन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेसन प्रयोगका लागि आवश्यक तयारी गर्न पनि निर्देशन दिए ।

शाक्यले सुर्खेतका सबै फिडरहरु यसै सवस्टेशनबाट आपूर्ति भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि उद्घाटन गर्ने पनि जानकारी दिए ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम छिटो सम्पन्न गर्न केही समय अघि सुर्खेत आएर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिएको स्मरण गर्दै समयसीमा भित्र काम सम्पन्न गर्ने गरी काम गरेको भन्दै प्रसारण लाइन सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको बताए ।

जग्गाप्राप्ति, वन क्षेत्रको कटान र स्थानीय जग्गाधनीको विवाद लगायतका कुराहरूलाई समाधान गर्दै आयोजना सफल बनाउन, प्राधिकरण र आयोजनाका कर्मचारी, स्थानीय सबैको एकमुष्ठ योगदान रहेको पनि चौधरीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : १७ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको