ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान « Khabarhub

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सचिन रोक्काले बताए ।

उनले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिए ।

अध्यक्ष रोक्काले चेम्बरले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।

संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ सोल्जर लाइट र १५ थान ज्याकेट प्रदान गरिएको जानकारी दिए । उनले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिई उक्त सामग्री प्रदान गरिएको जानकारी दिए । आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहमूल्य सामग्री’ रहेको बताइन् । उनले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गरिन् ।

चेम्बर अफ कमर्शकी महासचिव लक्ष्मी अधिकारीका अनुसार १९औँ स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम र स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिइन् । (रासस)

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ११ : ०५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता