ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो « Khabarhub

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा देश जलाउनेलाई होइन बनाउनेलाई मत दिनुपर्ने बताएका छन् ।

झापाको गौरीगञ्जमा सोमबार पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय निर्वाचन प्रचारप्रसार समितिको घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनले मुलुक रहने कि नरहने निर्णय समेत गर्दैछ । त्यसैले सबैले मतदान गर्दा देश ध्वस्त पार्ने कि निर्माण गर्नेको पक्षमा गर्ने हो सोचेर एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गर्दछु ।’

बिगतका बर्षहरुमा जस्तो यो वा त्यो पार्टी हार्ने वा जित्ने निर्वाचन मात्र नभएको उनको भनाइ छ । देशलाई ठूलो संकट आइलाग्दा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहदै आएको उनको दाबी छ ।

उनले भने, ‘२०६२/६३ को आन्दोलनमा होस् या भारतले लगाएको नाकाबन्दीको अवस्थमा होस् अथवा सबिधानसभाको निर्वाचनदेखि सबिधान जारी गर्दाको अवस्था होस् एमालेको भूमिका निर्णायक रहेको इतिहास छ ।’

केन्द्रीय सदस्य दाहालले अगाडी भने, ‘अहिले मुख्य चुनौती भनेको साइबर वार मार्फत जनतामा फैलाएको नकारात्मक भ्रम चिर्नु हो । यस्ता भ्रम चिरेर जनतालाई सत्यतथ्य कुरा पुर्याउन आवश्यक छ । यो काम हामीले हाम्रा पार्टी संगठन जनसंगठन मार्फत घरघरमा पुर्याउन सक्नुपर्छ ।’

नेपालमा बन्दुकबाट गरिएको युद्ध असफल भइसकेकाले अब ब्यालेट मार्फत देश बचाउनुु पर्ने मोडमा पुगेको उनले बताए ।

सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले जेनजी आन्दोलनपछि जनतालाई मोवाइल एप मार्फत झुक्काउने विदेशी शक्ति लागि परेको दाबी गरे ।

एमालेको ५०७ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति

नेकपा एमालेले आज गौरीगञ्जमा ५०७ सदस्ययीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको संयोजक सर्वतलाल राजवंशी रहेका छन् भने ह्रृदय ठाकुर, श्याम ढकाल र मनिका राई सहसंयोजक रहेका छन् । यसरी नै सचिवमा कृष्ण महतो र सहसचिवमा अशोक ताजपुरिया रहेका छन् ।

भेलाले मनोज दाशको सयोजकत्वमा २१ सदस्यीय नेशनल भोलेन्टियर्स युथ फोर्स समेत गठन गरिएको छ । निश्चल राई,चक्र भुजेल र दुर्गा राजवंशी सहसंयोजक रहेका छन् । यसरी नै फोर्सको सचिव परमेश्वर ताजपुरिया रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : ११ बजे

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर