‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा « Khabarhub

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ ।

शनिबार सार्वजनिक याे ट्रेलर चौबीस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छिन् ।

फिल्ममा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा नायिका रोश्नीलाई केन्द्र भागमा राखिएको छ । उनलाई स्पष्टरुपमा यौनकर्मीको चरित्रमा देखाइएको छ । ट्रेलरले उनी र नायक जीवन प्रेमसम्बन्धमा रहेको बताउँछ ।

यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा फिल्म बनेको ट्रेलरले संकेत गर्छ । ट्रेलरको अन्तिममा रोश्नी मानसिक समस्यामा परेको देखिन्छ ।

नायिका रोश्नी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’

अर्की नायिका उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । फिल्ममा ‘लालिमा’की आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ ।

ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनामार्फत् फिल्मप्रति सन्सपेन्स छाडेको छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

लिंक :

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : २२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा