लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा इजरायलद्वारा गरिएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ।

लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले उक्त घटनाबारे जानकारी दिएको हो । लेबनानमाथि भएका इजरायली हमलामा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएका छन्।

कुवेतले ड्रोन खसाल्यो

कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ।

सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत सीटी नजिकैका सल्वा र हवाली क्षेत्रमा प्रवेश गर्न खोजिरहेका थिए। वायु प्रतिरक्षा प्रणालीले समयमै ती ड्रोनलाई रोक्न सफल भएको उनले बताए।

उनका अनुसार घटनामा कोही घाइते भएका छैनन् । देशको अवस्था पूर्ण रूपमा सामान्य छ। ड्रोन कुन देशबाट पठाइएका थिए भन्नेबारे अधिकारीले खुलाएका छैनन्।

पछिल्ला दिनहरूमा इरान खाडी क्षेत्रका केही देशहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : ४७ बजे

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१