प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन ! « Khabarhub

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !



काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा केही नयाँपन देखिएको छ । चुनावी प्रचार–प्रसारको शैली, राजनीतिक दलका नेतृत्वको भूमिका, साधन स्रोतको उपयोग, अनुशासनको पालना लगायतका कुराहरू विगतको तुलनामा यसपटक नौलो देखिएको हो ।

भुइँ तहसम्मै पुगे दलका शीर्ष नेता

विगतको निर्वाचनमा विशेषगरी ठूला पार्टीका शीर्ष नेतृत्वले देश दौडाहा गरेर चुनावी क्याम्पिङ गर्थे । देशभरी चुनावी क्याम्पिङमा सहभागी हुँदा समयको अभावमा उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त समय दिन सक्दैनथे ।

जसले गर्दा उनीहरूको निर्वाचन क्षेत्रका टोलटोलमा उम्मेदवारको प्रत्यक्ष उपस्थिति बिना पार्टीका कार्यकर्ताहरूले प्रचार–प्रसार गरिदिन्थे । तर, यसपटक भने मुख्य राजनीतिक पार्टीहरूमध्ये नेकपा (एमाले)ले पार्टी नेतृत्वको उपस्थितिमा चुनावी क्याम्पिङ नै गरेन ।

रास्वपाका नेतृत्वको उपस्थितिमा केही ठाउँमा चुनावी क्याम्पिङ भयो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले पनि थोरै ठाउँमा मात्रै चुनावी क्याम्पिङ गरे ।

चुनावी क्याम्पिङ नगर्दा बचेको समयमा नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो उम्मेदवारी रहेको सर्लाही-४ र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रमा धेरै समय बिताए । यसपटक उनीहरूले टोलटोलमा पुगेर मतदातासँग भोट माग्ने काम गरिरहेका छन् ।

हेलिकप्टर प्रयोगमा कमी

विगतमा भएका संसदीय निर्वाचनमा राजनीतिक दलका नेतृत्वले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हेलिकप्टरको अधिक प्रयोग गर्ने गर्दथे । तर, यस पटकको निर्वाचनमा भने कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा अति आवश्यक भएर गरेको बाहेक कुनै पनि अन्य दलका राजनीतिक नेतृत्वले हेलिकप्टरको प्रयोग गरेनन् ।

विगतको निर्वाचनमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले समेत चुनावी सभामा हेलिकप्टरको प्रयोग गरेका थिए । तर, यसपटक ढकाल कुनै पनि चुनावी सभामा देखिएनन् । साथै, प्रमुख दलमध्ये नेकपा र रास्वपाका नेतृत्वले चुनावी सभाका निम्ति हेलिकप्टरको प्रयोग गरेनन् ।

नगण्य झडप

०४८ सालदेखि नै पछिल्लो ०७९ सम्मको निर्वाचनमा चुनावी सन्दर्भमा निकै द्विपक्षीय झडप हुने गरेका थिए । ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा मुख्यतः कांग्रेस र एमाले, ०६४ सालको निर्वाचनमा माओवादीको भातृ संगठन वाईसीएल र एमालेको भातृसंगठन युथफोर्सको बीचमा अनगिन्ती झडप भएको तथ्याङ्क पाइन्छ ।

पछिल्लो ०७९ मा भएको निर्वाचनमा इन्सेकका अनुसार निर्वाचनको दिन मात्रै देशभर ४४ वटा अप्रिय घटना भएका थिए भने बाजुरामा प्रहरीको गोली लागेर १ र झडपमा १ गरी २ जनाको मृत्यु भएको थियो ।

तर, यसपटकको निर्वाचनको प्रचार–प्रसारको समयमा विगतको तुलनामा शन्तिपूर्ण रहेको देखिएको छ । एमाले र रास्वापाका कार्यकर्ताबीच छिटफुट सामान्य झडप भएपनि ठूला झडप भएका समाचार भने आएनन् ।

गालीगलौज पनि कम

यस पटकको निर्वाचनको प्रचारले नेपाली राजनीतिमा नयाँ मानक स्थापित गर्न खोजेको देखिएको छ । सामान्यतया सबै राजनीतिक दलका उम्मेदवारले व्यक्तिगत रूपमा अन्य दलका उम्मेदवारलाई गालीगलौजन गर्न छाडेका छन् । सामाजिक सञ्जालमार्फत समर्थकले एक अर्कोलाई गाली गरेपनि दलकै उम्मेदवारको तर्फबाट भने त्यस्तो गालीगलौज झण्डै हराएको देखिएको हो ।

यद्यपी राजनीतिक रूपमा अन्य दललाई विभिन्न आरोप प्रत्यारोप गर्ने क्रम भने कायम नै छ । तर, ती आरोप प्रत्यारोप व्यक्तिगत तहसम्म उत्रिएको निकै कम देखिएको छ । जुन कुराले नेपालको राजनीतिक सभ्यता थप विकास भएको अनुमान गर्न सकिन्छ । जबकी विगतमा भएका संसदीय निर्वाचनमा एकले अर्को दलका उम्मेदवारलाई गर्ने टिप्पणी भने अहिलेको स्तरमा कमजोर देखिने गरेको थियो ।

हरायो पोस्टर र भित्तेलेखन

निर्वाचन आयोगले केही अगाडिको निर्वाचनदेखि नै भित्ते लेखनलाई हटाएको थियो, जुन क्रम अहिले आउँदा शून्य बनिसकेको छ । पछिल्लो निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले आफ्नो निर्वाचनको प्रसार अभियानलाई मुख्य रूपमा स्थापित गर्न मुख्य रूपमा सामाजिक सञ्जाल, फेसबुक , ट्वीटर र युट्युबलाई प्रयोग गर्ने देखिएको छ ।

दलहरूले प्रविधिको प्रयोग गर्दै आफ्नो घोषणापत्रलाई पनि क्यूआरकोडको सहायताले सबैको सहज पहुँच हुनेगरी बनाएको देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ४२ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक