वर्ष ०८२ : स्टारहरूलाई पछार्ने फिल्म « Khabarhub

वर्ष ०८२ : स्टारहरूलाई पछार्ने फिल्म


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्टारको करिअर बक्स अफिस कलेक्सनले निर्धारण गर्छ । जुन स्टारको फिल्मको ग्रस कलेक्सन बढी उसैको पारिश्रमिक र माग बढी ।

यसमा नायक सौगात मल्ल अपवाद हुन् । उनी स्टारर फिल्मको व्यापार न्यून हुन्छ, तर अभिनय क्षमताकै कारण उनको मागमा ह्रास आएको छैन । बढी दर्शक हलमा पुगे बढी ग्रस कलेक्सन, कम दर्शक हलमा गए फिल्म फ्लप, ग्रस कलेक्सन कमजोर ।

बक्स अफिस कलेक्सनलाई फिल्म क्षेत्रमा प्रतिष्ठाका रुपमा लिइन्छ । त्यसैले कुनै पनि मेकर आफ्नो फिल्मको वास्तविक व्यापार भन्दैनन् । थोरै भए पनि बढाउने गरेको अभ्यास छ । केहीले तेब्बर बढी बढाएको उदाहरण पनि छ ।

यो वर्ष बक्स अफिसमा फरम दृश्य देखियो । रेगुलर हिट लिस्टका स्टारहरू यो पटक पछारिए ।

यस्तो पनि भयो– गत दशैँदेखि चलचित्र विकास बोर्डले साप्ताहिकरुपमा बक्स अफिस कलेक्सन सार्वजनिक गर्न थाल्यो । तर, बोर्डले कात्तिक २८ मा प्रदर्शनमा आएको नायिका सुरक्षा पन्त स्टारर फिल्म ‘धागो’को बक्स अफिस सार्वजनिक गरेन ।

शुक्रबार हलमा लागेको यो फिल्म आइतबार हलबाट उत्रिसकेको थियो । व्यापार कमजोर भएरै त्यसो भएको हो । फिल्मको व्यापार यति कमजोर भए कि बोर्डलाई नै लागेछ– ग्रस कलेक्सन सार्वजनिक गर्‍याे भने निर्माण टिमलाई असर पर्छ ।

खबरहबको निवेदनमा बोर्डले ‘धागो’को बक्स अफिस रिपोर्ट भने दियो । त्यो फिल्मका लागि १२३ वटा टिकट बिक्री भएको रहेछ भने व्यापार मात्रै ४० हजार छ ।

पाठकलाई लाग्न सक्छ– त्यसाे भए यो वर्षसबैभन्दा कमजोर व्यापार गर्ने फिल्म ‘धागो’ नै होला ! पक्कै होइन । नायक दीलिप रायमाझीको अभिनय रहेको ‘हेल्लो काँशीराम’को व्यापार झन् ‘डिजास्टर’ छ । यस फिल्मले मात्रै ३५ हजार व्यापार गरेको छ ।अर्थात् ‘धागो’कोभन्दा पाँच हजार कम ।

हिट लिस्टमा परिरहने र सबैभन्दा बढी फिल्म दिने नायकहरू यो पटक ग्रस कलेक्सनमा पछारिएका छन् । यो वर्ष प्रदर्शनमा आएर हजारमै सीमित भएको अर्को फिल्म ‘चिराग’ हो । जसको ग्रस कलेक्सन ६८ हजार छ ।

दयाहाङ : चर्चाको पारिश्रमिकभन्दा कम व्यापार

नायक दयाहाङ राईका दुई फिल्मको व्यापार एकदमै कमजोर भएको पाइन्छ । उनले फिल्ममा लिन ४० लाखभन्दा बढी पारिश्रमिक दिनुपर्छ भन्ने चर्चा सुनिन्छ । तर, बक्स अफिसमा दुई फिल्मले उक्त रकमभन्दा कम व्यापार गरेको पाइएको हो ।

फिल्म ‘मिरमिरे’ले ३४ लाखको मात्रै व्यापार गरेको छ । ‘सोल्टिनी’ले त झन् दयाहाङलाई नराम्ररी पछारेको छ । यो फिल्मले २९ लाख मात्रै व्यापार गरेको छ ।

चर्चामा रहेको पारिश्रमिकभन्दा कम व्यापार एक स्टारका लागि पक्कै राम्रो होइन । करिअरलाई नै धक्का लाग्न सक्छ ।
फेरि दयाहाङ यो वर्ष सबैभन्दा बढी फिल्म दिने नायक हुन् ।

सौगात मल्ल : तोड्न सकेनन् फ्लपको रकेर्ड

अभिनय क्षमताको चर्चा गर्दा सौगात मल्ललाई सधैँ शीर्ष स्थान राखेको पाइन्छ । उनका समकक्षीहरू नै भन्छन्, ‘सौगात जस्तो अभिनय गर्ने नायक नेपालमा छैनन् ।’

सोही कारण पनि लगातार फिल्म फ्लप हुँदा उनको व्यस्तता घटेको छैन । यो वर्ष पनि उनले कुनै हिट फिल्म दिन सकेनन् ।
उनका फिल्महरू ‘भाइरल गोर्खे’ले ३६ लाख, ‘सिटामोल’ले ५० लाख र ‘जन्ते बाख्रो’ले ३९ लाख मात्रै ग्रस कलेक्सन गरे । उनका तीन फिल्मको व्यापार एक करोड २५ लाख छ ।

मल्टिस्टारर फिल्मको बिजोग

यो वर्ष दुई मल्टिस्टारर फिल्म प्रदर्शनमा आए– ‘के घर के डेरा : घर नम्बर २’ र ‘महाभोज’ ।

‘घर नम्बर २’ को शीर्ष भूमिकामा आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारी र उपासनासिंह ठकुरी गरी पाँच स्टार छन् । तर फिल्मको व्यापार ६० लाख भन्दा कम छ । यो फिल्मको व्यापार स्टारहरूको पारिश्रमिकभन्दा पनि थोरै हो ।
‘महाभोज’को पनि हालत उही छ । यसमा नायक दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महत जस्ता स्टार छन्, तर व्यापार ४७ लाख मात्र छ ।

पूरा ग्रस कलेक्सन निर्माताको हातमा पर्ने हो भने पनि कलाकारलाई पारिश्रमिक दिन पुग्दैन । स्मरण रहोस्– ग्रस कलेक्सनको ३०–४० प्रतिशत मात्रै निर्माताको हातमा आउँछ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : २७ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा