आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल  « Khabarhub

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। वैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस । तदनुसार सन् २०२६ अप्रिल २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। सम्पत्ति सञ्चित गरेमा फाइदा हुनेछ। परिवारको साथ मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पूर्व कर्म सम्झिएर हिनताबोध हुनेछ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। साथीभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

मिथुन : मनमा शान्ति मिल्नेछ। ठुलालाई सम्मान गरेर अगाडि बढ्नुपर्नेछ। सम्पत्ति बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। सानो कमजोरीले ठुलो क्षति हुने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ।

कर्कट : जग्गाको कारोबारमा फाइदा हुनेछ। शेयरमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने चासो बढ्नेछ। प्रतिक्षा गरेमा परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : मानसम्मान प्राप्त हुनेछ । कतै घुमफिरको योजना बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। व्यापारमा नाफा हाेला । 

कन्या : खानपानमा रुचि नहुने जोखिम रहनेछ। परिवारले असहयोग गर्दा मन दुःखी हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।स्वास्थ्यमा सुधार हुनेछ।

तुला : मन अशान्त बन्ने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। रोगबाट मुक्त हुने सम्भावना धेरै छन्। शिक्षामा प्रगतिका लागि मिहिनेत गर्नुपर्नेछ। आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको सदुपयोग हुनेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेखन सिर्जनामा सक्रिय भए उन्नति हुनेछ। विपक्षीको साथले महत्त्वपूर्ण काम बन्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। इज्जतमा दाग लाग्ने हुनाले सचेत बन्नुपर्ने समय छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : टाउको दुख्ने समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सोचेका काम सहज बन्नेछन्। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा साथीलाई नसुनाउँदा फाइदा हुनेछ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने हुँदा काम गर्दा विशेष ध्यान दिनुपर्ने समय छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ५ : २३ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल