सुरु भयो एसईई (तस्बिरहरू) « Khabarhub

सुरु भयो एसईई (तस्बिरहरू)


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु भएकाे छ ।

यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ ।

यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन् ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : ४४ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति