आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित « Khabarhub

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्समाथि ६ विकेटको सहज जित दर्ता गरेको हो।

लखनउको घरेलु मैदान एकाना स्टेडियममा भएको खेलमा दिल्लीले १७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

१४२ रनको मध्यम लक्ष्य पछ्याएको दिल्लीको सुरुवात खराब रहे पनि इम्प्याक्ट प्लेयर रूपमा मैदान छिरेका समीर रिजवीले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले ४७ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ७० रन बनाए। उनलाई ट्रिस्टन स्टब्सले ३९ रन बनाएर बलियो साथ दिएका थिए।

एक समय २६ रनमै ४ विकेट गुमाएर संकटमा परेको दिल्लीका लागि रिजवी र स्टब्सबीचको ११९ रनको अविजित साझेदारी नै जितको मुख्य आधार बन्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। लखनउका लागि अब्दुल समदले ३६ र मिचेल मार्सले ३५ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कप्तान ऋषभ पन्त ७ रनमै रनआउट हुन पुगे भने केएल राहुल शून्य रनमा आउट भए।

बलिङतर्फ दिल्लीका लुङ्गी एनगिडी र टी नटराजनले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए। कुलदीप यादवले २ विकेट हात पारे।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : ४४ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका