काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने « Khabarhub

काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राति ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागिएको बताइन् ।

उनले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशाेरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न  सेवा दिन लागेका हौँ ।’

उनले यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उल्लेख गर्दै साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका सधैँ तयार रहेको बताइन् । 

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर–दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

थानकोटदेखि सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व–पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

बस सेवा राति ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : १३ बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको