बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै « Khabarhub

बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन र प्रसारण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न र पारदर्शिता ल्याउन यस्तो निर्देशन दिएको हो ।

यो निर्णयसँगै अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सबै सार्वजनिक निकायले आफ्ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र उपलब्ध गराउनुपर्नेछ । वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारी विज्ञापनका लागि सरकारी मिडिया मात्र प्रयोग गर्नेगरी निर्णय भएको हो । यसले निजी मिडिया भने संकटमा पर्ने भन्दै सामाजिक सञ्जालमा पत्रकारले आपत्ति जनाएका छन् ।

मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णयअनुसार सार्वजनिक खरिदलगायतका सूचना सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन गर्नुपर्नेछ । यस्तै, भुक्तानी गर्दा सिधै सम्बन्धित सञ्चार माध्यमको खातामा जम्मा गर्नुपर्ने र विज्ञापनको दर तथा छुट रकम आधिकारिक रूपमा स्वीकृत भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

“सरकारी खर्चमा एकरूपता ल्याउन र सरकारी स्वामित्वका सञ्चार माध्यमको प्रवर्द्धन गर्न यो कदम चालिएको हो,” प्रधानमन्त्री कार्यालयद्वारा जारी पत्रमा उल्लेख छ । यो निर्णयले वर्षौँदेखि सरकारी विज्ञापनमा निर्भर रहँदै आएका निजी क्षेत्रका पत्रपत्रिका र टेलिभिजनहरूलाई भने ठुलो आर्थिक धक्का लाग्ने देखिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : २० बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको