राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन, सिट व्यवस्थापन अन्योलमा « Khabarhub

राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन, सिट व्यवस्थापन अन्योलमा


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदअन्तर्गत राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व राष्ट्रिय सभामा नरहँदा यस्तो अवस्था सिर्जना भएको हो।

आज बस्ने दुवै सदनको बैठकमा राष्ट्रिय सभातर्फ सत्तापक्षको उपस्थिति नहुने निश्चित भएको छ। यससँगै संसदीय अभ्यास र कार्य सञ्चालनमा नयाँ परिस्थिति उत्पन्न भएको छ।

यसै विषयमा राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सत्तापक्ष नहुँदा सिट व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गरिएको थियो। तर उक्त छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ।

सत्तापक्षविहीन अवस्थाले राष्ट्रिय सभाको बैठक सञ्चालन, बैठक व्यवस्थापन तथा राजनीतिक सन्तुलनमा असर पार्ने देखिएको छ।  

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १२ : २१ बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको