ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी « Khabarhub

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध सुरू भएको छ।

एकजना अमेरिकी सांसदले ट्रम्पको भनाइलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेकी छन् ।

अमेरिकी सांसद यासमिन अनसारीले इरानलाई ढुंगे युगमा फर्काइदिने ट्रम्पको ‘स्टोन एज’ बयानको आलोचना गरेकी छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘उनी ९ करोड जनसंख्या भएको देशबारे यस्तो कुरा गरिरहेका छन्, यो घृणित, डर लाग्दो र गलत हो।’

उता इरानी सेनाले अमेरिका र इजराइलमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएको छ।

इरानको सैन्य कमान ‘खातम अल-अनबिया’ले युद्ध जारी रहने र शत्रुलाई कडा जवाफ दिने जनाएको छ। ट्रम्पको ‘स्टोन एज’ चेतावनीपछि यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १२ : २६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका