काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आज बिहान उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।
शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएका बताइएको छ ।
शाहको पेसमेकर परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् ।
शाहले यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए ।
















प्रतिक्रिया