काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान सार्वजनिक गरेको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले सिजीका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम ५६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ । यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको सुविधा समेत प्रदान गरिएको छ ।
ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको कम्पनीको दाबी छ ।
















प्रतिक्रिया