एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू) « Khabarhub

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका छन् । उनीहरू बिहीबार मध्याह्न च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर धर्नामा बसेका हुन् ।

बुधबार महासचिव शंकर पोखरेलको पुत्ला जलाउने समूहकै युवाहरूले पार्टी कार्यलयमा धर्ना र विरोध प्रदर्शन गरेका हुन्।

भदौको जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्कापछि पनि एमालेमा नेतृत्व परिवर्तनलाई अस्वीकार गरिएपछि युवाहरूले हस्तक्षेप थालेका हुन्।

बदलिँदो राजनीतिक परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको आरोप पनि उनीहरूले लगाएका छन् ।

बुधबार महासचिव शंकर पोखरेलसहितको पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको उनीहरूको गुनासो छ।

संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओलीकै पुस्ताका वृद्ध रामबहादुर थापा बादललाई बलजफ्ती ल्याएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

युवा नेता सुहाङ नेम्बाङलाई अपमान गरेर प्रतिस्पर्धामा पनि निषेध गरेको भन्दै उनीहरूले बुधबार राति काठमाडौंमा विरोध गरेका थिए ।

त्यस्ता निर्णय सच्याएर पार्टीमा युवाहरूलाई अघि बढाउने पर्ने माग उनीहरूको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  २ : १८ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र