एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू) « Khabarhub

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका छन् । उनीहरू बिहीबार मध्याह्न च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर धर्नामा बसेका हुन् ।

बुधबार महासचिव शंकर पोखरेलको पुत्ला जलाउने समूहकै युवाहरूले पार्टी कार्यलयमा धर्ना र विरोध प्रदर्शन गरेका हुन्।

भदौको जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्कापछि पनि एमालेमा नेतृत्व परिवर्तनलाई अस्वीकार गरिएपछि युवाहरूले हस्तक्षेप थालेका हुन्।

बदलिँदो राजनीतिक परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको आरोप पनि उनीहरूले लगाएका छन् ।

बुधबार महासचिव शंकर पोखरेलसहितको पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको उनीहरूको गुनासो छ।

संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओलीकै पुस्ताका वृद्ध रामबहादुर थापा बादललाई बलजफ्ती ल्याएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

युवा नेता सुहाङ नेम्बाङलाई अपमान गरेर प्रतिस्पर्धामा पनि निषेध गरेको भन्दै उनीहरूले बुधबार राति काठमाडौंमा विरोध गरेका थिए ।

त्यस्ता निर्णय सच्याएर पार्टीमा युवाहरूलाई अघि बढाउने पर्ने माग उनीहरूको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : १८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति