काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट हाल्न पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन्। उनको प्रस्तावलाई समर्थन गर्दै सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत ताली बजाएर स्वागत गरेका छन्।
सांसद पुनले भनेका थिए ‘मतदाता नामावली ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मतदानको व्यवस्था सुनिश्चित हुनुपर्छ। यस प्रस्तावपछि अधिकांश सत्तापक्षका सांसदहरूले ताली बजाएपछि पुन उत्साहित भएका थिए।
गृहमन्त्री सुधन गुरुङले पनि मतदाता नामावली ऐनमा यो व्यवस्था समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
















प्रतिक्रिया