रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ? « Khabarhub

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री सुधन गुरुङ डराएझैँ गरेर रिसाएका छन् । 

थापाले संसदको रोष्टमबाट प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा जेनजी आन्दोलनमा हतिरयारबद्ध टिओबीको भूमिकाको विषय उठाउँदा मन्त्री गुरुङ छिटो–छिटो सास लिँदै आक्रोशपूर्ण ढंगले हात उठाएको देखिएको हो ।

थापाले राष्ट्रपति कार्यालय, संसद भवन, राजनीतिक नेतृत्वका घरदेखि व्यावसायिक क्षेत्र कुन उद्देश्यका लागि जलाइएको भन्दै संसदमा प्रश्न गरेका थिए ।

‘यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ, कुन उद्देश्यले प्राप्तिका लागि सिंहदरबार, सितलनिवास, बालुवाटार सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी र व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो ? कुन उद्देश्य प्राप्तिका लागि कसले ती अवोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ?’, उनले भने, ‘कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू २३/२४ गते तिलस्मी रूपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो ?’

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा टिओबीको भूमिका अझै पनि शंकास्पद रहेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले पनि सो ग्रुपलाई कारबाहीको लागि सिफारिस गरेकोमा नेता थापा बोल्दा गृहमन्त्री गुरुङको भावनात्मक प्रतिक्रियाले थप सशंकित अवस्था सिर्जना गर्नसक्ने देखिन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ४ : ४८ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन