एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम « Khabarhub

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम देखिएका छन्।

एमालेका उपाध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को जेन-जी आन्दोलनलाई लिएर सरकारमाथि एकपछि अर्को आक्रमण गर्दा अन्य दल भने नरम देखिएका हु्न ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बोलेका वर्षमान पुनले सरकारले जनहितमा काम गरे साथ दिने बताए ।

उनले राष्ट्र हितका एजेन्डा अगाडि बढाउँदा आफ्नो दलले साथ दिने आश्वासन बालेन्द्र शाह नेतृत्वको सरकारलाई दिएका छन् ।

उनले सत्तापक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गणतन्त्रका सुन्दर फूलहरूको संज्ञा दिँदै फकाउने कोसिस गरे ।

वर्षमानको अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति निन्दा वा विरोधको शब्द सुनिएन। बरू उनले २०६४ सालमा नेकपा माओवादीले पनि बहुमत ल्याएको स्मरण रास्वपालाई गराए ।

त्यसबेला बहुमत ल्याएको माओवादीको अहिले जनाधार निरन्तर खुम्चिएकाले नमात्तिन सुझाव राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएका छन् । उनले जनाधिकार जोगाउन नसकेको स्वीकारोक्ति आफ्नो पार्टीले गरिसकेको समेत उल्लेख गरे।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रतिपक्षीको तर्फबाट बुँदागत रुपमा गर्नुपर्ने कामको सरकारलाई सूची बुझाए ।

उनले सम्बोधनको सुरूमै प्रतिपक्षीमाथि सदनको पहिलो बैठकमै विभेद भएकोप्रति आक्रोश व्यक्त गरे । पुन र हर्क दुवैले रास्वपाको सरकारलाई कडा शब्द प्रयोग गरेनन् ।

सामाजिक सञ्जजालमा देखिनेभन्दा फरक शैलीमा प्रस्तुत भएका हर्कले सत्तापक्षलाई २५-३० मिनेट समय मिल्दा प्रतिपक्षलाई ५-१० मिनेट मात्रै दिने परिपाटीको अन्त्य हुनुपर्ने आवाज उठाए।

यता म्याग्दीबाट विजयी स्वतन्त्र सांसद जितेका महावीर पुनले पनि आफूले अन्तरिम सरकारको शिक्षा मन्त्री हुँदा ल्याउन नसकेका विभिन्न अध्यादेशको फेरिस्त सुनाए ।

उनले दुईतिहाइको सरकारले जनभावना अनुसार काम गर्नुपर्ने बताउँदै त्यसमा आफूले साथ दिने आश्वासन दिए।

यता कांग्रेसको तर्फबाट बोलेका भीष्मराज आङ्देम्बेले पनि पार्टीले परिवर्तनलाई आत्मसात गरेकाले यसपटकको जेन-जी आन्दोलनपछिको अवस्थालाई पनि साथ दिएको बताए ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर गगन थापा सभापति भपछि नै पुस्तान्तरणको अभ्यास सुरू भइसकेकाले एउटा निर्वाचनको परिणामलाई आधार मानेर कांग्रेस कमजोर भयो भन्न नहुने उल्लेख गरे।

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सत्तापक्षलाई आक्रमण गरेन । आफ्नै पार्टीका पूर्वगृहमन्त्री रहेका रमेश लेखक पक्राउ पर्दा पनि कांग्रेसले त्यसको विरोध गरेन । उनले दुईतिहाइको सरकारले संविधान र कानुन मिचेर अगाडि बढ्न नहुने भनेर सजग गराएका छन् ।

सबै प्रतिपक्षीहरू सत्तापक्षप्रति नरम देखिँदा एमाले भने कठोर देखिएको छ। एमालेका तर्फबाट बोलेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाले फागुन २१ गतेको चुनावी विजयबारे तीखो व्यङ्ग्य प्रहार गरे ।

उनले भदौ २३ र २४ गतेको खलपात्र नै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भएको बताए । उनले नेपाली सेना, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार, बार्बरा फाउन्डेसन र अन्य सुरक्षा निकायले रास्वपालाई जिताउन भूमिका खेलेको आरोप लगाएका छन् ।

उनले विदेशी संस्थाहरूको संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएको दाबी गर्दै इन्टरनेट र एआई जस्ता कुराले एमाले, नेपाली कांग्रेस र माओवादीलाई खलनायक बनाउने काम गरेको जिकिर गरे।

बादलले यस्ता अभिव्यक्ति दिइरहँदा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हाँसिरहेका देखिन्थे। उनीहरूले बादलको कुरालाई हल्का रुपमा लिएका देखिन्थ्यो ।

तर बादलले तिब्बेतियन ओरिजिन ब्लड (टीओबी) को नाम लिँदा भने गृहमन्त्री सुधन गुरुङले दाह्रा किट्दै मुर्मुरिएको अवस्थामा देखिए ।

संसद्को पहिलो बैठकमा एमालेलाई अन्य दलले साथ दिएनन् । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारप्रति निरन्तर आक्रमण गर्दा गत भदौसम्मको सत्ता सहयात्री कांग्रेसले कित्ताकाट गरेर नरम देखियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ५ : २६ बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२