संसद लगत्तै रास्वपा संसदीय दलको बैठक « Khabarhub

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । आजको बैठकले प्रतिनिधिसभाको सभामुख, उपसभामुख, संसदीय दलको नेता उपनेता, प्रमुख सचेतक र सचेतकको विषयलाई टुङ्ग्याउने देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभामुखका लागि उपाध्यक्ष डोलप्रसाद डीपी अर्यालको नाम अगाडि आएको छ भने प्रमुख सचेतकका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम आएको छ । संसदीय दलको उपनेता र सचेतकको विषयमा भने अहिलेसम्म कुनै नेताले मुख खोल्न सकेका छैनन् ।

प्रतिनिधि सभाले २२ गते सभामुख र उपसभामुख चयन गर्ने तयारी गरेको छ । सभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिँदा उपसभामुख पद प्रतिपक्षीलाई दिइने व्यवस्था छ । पार्टीले उपसभामुख पद प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीमध्ये एकलाई दिने अवस्था देखिन्छ ।

आजको बैठकमा आगामी दिनमा सदनमा सांसदहरूको प्रस्तुतिको विषयमा पनि सामान्य छलफल हुने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ५ : २० बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२