सिफलिसका १९० नयाँ बिरामी भेटिए « Khabarhub

सिफलिसका १९० नयाँ बिरामी भेटिए


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् । 

अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको बताए। केही बिरामीले यसअघि उपचार गराइसकेका छन् । बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् । 

‘सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ’ डा चापागाइँले भने। उनका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस सङ्क्रमण पुष्टि भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा सङ्क्रमण सरेको समेत भेटिएको छ ।

भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभागअन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको थियो ।  ‘भेनस कर्नर’ मा सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ । 

डा चापागाइँले सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गरे। अस्पतालमा गरिएको सो अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी ‘रेकर्ड’मा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो सङ्क्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् । भेरी अस्पतालमा सन् २०२६ जनवरीदेखि सुरु भएको सिफलिससम्बन्धी अनुसन्धान यस वर्षको डिसेम्बर अन्तिमसम्म जारी रहने अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ६ : ४३ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।