व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति « Khabarhub

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई जानकारी दिए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धानमा अध्यागमन विभागले यही चैत १७ गते व्यवसायी भट्टलाई कालोसूचीमा राखेको थियो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर व्यापारी भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । सोही प्रकरणमा व्यापारी भट्टलाई प्रहरीले आजै पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ९ : ३३ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो