केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी « Khabarhub

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ७ विकेटको सानदार जित निकालेको छ । जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको उच्च स्कोरको प्रतिस्पर्धामा दिल्लीले राजस्थानले दिएको २२६ रनको विशाल लक्ष्य ५ बल बाँकी छँदै पूरा गरेको हो ।

२२६ रनको चुनौती पछ्याउने क्रममा दिल्लीका ब्याटरले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए । दिल्लीले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर २२६ रन बनाउँदै जित पक्का गरेको हो । टोलीको जितमा कप्तान केएल राहुलले विष्फोटक इनिङ्स खेले । उनले मात्र ४० बलमा ७५ रन जोड्दै टोलीको जितको आधार तय गरे । राहुल नै खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

बलिङतर्फ तीन विकेट हात पार्दै मिचेल स्टार्कले दिल्लीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२५ रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि शीर्ष र मध्यक्रमका ब्याटरले उत्कृष्ट योगदान दिए पनि बलिङमा चुक्दा टोलीले हार बेहोर्नु पर्‍यो ।

यो जितसँगै दिल्ली क्यापिटल्सले ९ खेल खेल्दै ८ अंक जोडेको छ । दिल्ली तालिकाको छैटौं स्थानमा छ । १० खेलबाट १२ अंक जोडेको राजस्थान भने तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : ४३ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली