तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै « Khabarhub

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

उनले भनने, “सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानअन्तर्गत हाल तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने कार्य सुरु गरिएको छ ।“

आज स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको महानगर प्रहरीले जनाएको छ । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो ।

हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार बढी घर टहरा हटाइ सकिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ७ : १६ बजे

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा