गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या पाँच « Khabarhub

गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या पाँच


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या  पाँच पुगेको छ । 

बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा विभिन्न ५१  सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका/गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ । 

सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको पोषणमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले जानकारी दिए । 

बाल बचाउमा १४, बाल संरक्षणमा १० बाल विकास र बाल सहभागितामा छ/छ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक पूरा हुनुपर्ने प्रावधान छ । 

बालमैत्री स्थानीय शासनयुक्त घोषणासँगै सम्बन्धित स्थानीय तहलाई बालश्रममुक्त, बालविवाहमुक्त र सडक बालबालिकामुक्तसमेत घोषणा गर्ने गरिएको छ ।  

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १२ : ४१ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको