वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विकासको नाममा विनाश गर्न नहुने भन्दै उनीहरूले डोजर आतङ्क बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरूले सर्वोच्च अदालतले वीरगञ्ज बासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतङ्क बन्द गर लगाएका नारा लगाएका थिए । 

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताए ।  

उनले मुआब्जाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुँदा पनि कुनै सुनुवाइ हुन नसकेको गुनासो गरे । उनले वीरगञ्जको मेनरोडलाई शहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए । 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १२ : ४२ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको