ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’ « Khabarhub

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरेर हपारेका छन् ।

सोमबार भएको फोन वार्ताका क्रममा लेबनानमा इजराइली सैन्य कारबाहीप्रति ट्रम्पले कडा रोष व्यक्त गरेका हुन्।

एक्सियोसको रिपोर्ट अनुसार, ट्रम्पले नेतन्याहूलाई सोझै हकार्दै भने, ‘के तिमी पागल भइसक्यौ… तिमी के गर्दैछौ?’

रिपोर्ट अनुसार यो कुराकानी त्यतिबेला भएको थियो, जब इरानले यदि लेबनानमा सैन्य कारबाही जारी रहेमा अमेरिकासँग भइरहेको कूटनीतिक वार्ता रोक्न सक्ने चेतावनी दिएको थियो। त्यसपछि ट्रम्पले उक्त मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेका थिए।

एक अमेरिकी अधिकारीले एक्सियोसलाई बताए अनुसार ट्रम्प इजरायलको कारबाहीलाई अत्यधिक आक्रामक ठानिरहेका छन्। उनलाई हिजबुल्लाह कमान्डरलाई लक्ष्य बनाउने नाममा पूरै भवनहरू ध्वस्त पारिँदै गरेको कुरामा आपत्ति थियो ।

ट्रम्पले नेतन्याहूलाई यी गतिविधिका कारण विश्वमा इजरायलप्रति आक्रोश बढिरहेको बताएका थिए । ट्रम्पले भने, ‘अहिले सबैलाई तिमीबाट घृणा लाग्छ। यसले गर्दा सबैलाई इजरायलप्रति घृणा लाग्छ।’

यद्यपि कुराकानीपछि नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायलको नीतिमा कुनै परिवर्तन नभएको बताएको छ। रिपोर्ट अनुसार कुराकानीको अन्त्यमा नेतन्याहूले भने, ‘ठीक छ, ठीक छ, केवल यो सुनिश्चित गर्नुहोस् कि सबै कुरा व्यवस्थापन भयो।’

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : ०० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना